पुनहिल कप भलिबल: पोखरा र गगनगौडा भेट्रान फाइनल प्रवेश
पाेखरा | माघ १७, २०८०
पोखरा: पुन समाज नेपालको आयोजनामा जारी प्रथम पुन हिल कप पुरुष, महिला तथा भेट्रान भलिबल प्रतियोगिताको तेस्रो दिन पाँच खेल सम्पन्न भएका छन् । प्रतियोगिता अन्तरगत भेट्रानतर्फ सेमीफाइनल, महिलातर्फ दुई क्वाटरफाइनल र पुरुषतर्फ एक खेल सम्पन्न भएका हुन् ।
पुन दिवस माघ १५ को अवसर पारेर पोखरा रामघाटस्थित समाजको खेल मैदानमा बुधबार भएको भेट्रानतर्फको फाइनलमा पोखरा भेट्रान र गगनगौडा भेट्रान प्रवेश गरेको छ । पहिलो सेमीफाइनल खेलमा पोखरा भेट्रानले आयोजक पुन समाजको भेट्रान टिमलाई ३–० को सोझो सेटमा हराउँदै फाइनल प्रवेश गरेको हो । पोखरा भेट्रानले २५–१८, २५–७ र २५–१८ को सहज जित निकाल्दै फाइनल पुगेको हो ।
दोस्रो सेमीफाइनल खेलमा गगनगौडाले रामबजार भेट्रानमाथि पनि ३–० कै सोझो सेटमा जित हासिल गरेको हो । गगनगौडाले २५–२३, २५–२२ र २५–२३ को जित निकाल्दै पोखरा भेट्रानसँगको भेट पक्का गरेको हो ।
यस्तै महिलातर्फ दुई क्वाटरफाइनल खेल सम्पन्न भएका छन् । पहिलो खेलमा नवलपुरले मध्य नेपालमाथि २–० को सोझो सेटमा हराएको हो । नवलपुरले २५–१७ र २५–१७ को जित निकाल्दै सेमीफाइनलमा प्रवेश गरेको हो । दोस्रो खेलमा कर्पाकेली समाजले पुन क्लबलाई २–१ को सेटमा हराउँदै सेमीफाइनलमा प्रवेश गरेको छ । कर्पाकेलीले २५–१३, २३–२५ र २५–१० को सेटमा हराउँएको हो ।
यस्तै पुरुषतर्फ पनि एक खेल सम्पन्न भएका छन् । छन्त्याल समाज ‘ए’ ले भुक देउरालीलाई २–१ को सेटमा हराएको हो । छन्त्याल ‘ए’ले २५–२२, २५–२७ र २५–१८ को जित निकालेको हो ।
जारी प्रतियोगितामा क्वाटरफाइनलसम्म बेष्ट अफ थ्री अनुसार खेलाइएको छ भने, सेमीफाइनलदेखि बेष्ट अफ फाइभको आधारमा खेलाइएको छ ।
समाजले विभिन्न सांस्कृतिक कार्यक्रमसहित आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ १८, महिलातर्फ १४ र प्रौढतर्फ १२ टोलीको सहभागिता रहेकोे छ ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

